विराजको ‘सङ्लो’ लाई गाउँपालिकाले दियो १० लाख


५ असार २०७६, बिहीबार
biraja bhatta

काठमाडौं, ५ असार । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा चलचित्र ‘सङ्लो’ तयार भइरहेको छ ।

यस चलचित्रका लागि डोटीको जोरायल गाउँपालिकाले विकास बजेटबाट १० लाख रुपैयाँ दिएको छ । जेठ २७ गते बसेको जोरायल गाउँपालिकाको बैठकले उक्त चलचित्रलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । चलचित्रले डोटीको पर्यटन प्रवर्धनमा सहयोग गर्ने भएकाले ‘पर्यटन प्रवर्धन’ को शीर्षकमा उक्त रकम चलचित्रलाई दिइएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन् ।
उनले भने, ‘हाम्रो ठाउँमा आएर चलचित्रको छायांकन भइरहेको छ । चलचित्रमा यहाँको सुन्दर ठाउँहरु देखाइएको छ । यहाँको संस्कृति चलचित्रमा देखाइएको छ । त्यसैले यहाँको पर्यटन विकासका लागि भनेर उक्त बजेट चलचित्रलाई दिएका हौं ।’

यो निर्णयको भने विरोध भइरहेको छ । अध्यक्षले आफूलाई विरोधको बारेमा केही थाहा नभएको बताएका छन् । उनले भने ‘म एक्लैले निर्णय गरेर चलचित्रलाई पैसा दिएको होइन । सबैको सहमतिमा पैसा दिने निर्णय भएको हो । विरोध कसले गरेको छ, थाहा छैन् ।’

यस चलचित्रमा अध्यक्ष दुर्गादत्त आझोले पनि अभिनय गरेका छन् । तेसैले पनि अभिनय गर्नका लागि पनि उक्त पैसा दिएको आरोप उनलाई लागिरहेको छ । उनी यस कुरालाई स्वीकार्दैनन् । उनले भने ‘म आफू अभिनय गर्नका लागि १० लाख दिएकै होइन । चलचित्रमै खेल्ने रहर भए म आफै लगानी गरेर हिरो हुन सक्छु ।’

निरन्तर चलचित्रको छायांकन भइरहेको भन्दै विराज भट्ट उम्कन खोजे । यो चलचित्रमा नायक विराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका छ । एक्सन कथामा यो चलचित्र बनिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७