आयुष्मान खुरानाको श्रीमती ताहिरा आलोचित


५ असार २०७६, बिहीबार
aayushman

काठमाडौं, ५ असार । बलिउडमा आयुष्मान खुराना पछिल्लो समय निकै रुचाइएका अभिनेता एवं गायक हुन् । चलचित्र ‘अन्धाधुन्ध’ मार्फत निकै राम्रो प्रतिक्रिया पाउनुका साथै आफूलाई प्रमाणित गरेका आयुष्मान यतिबेला चलचित्र ‘आर्टिकल १५’ को लागि व्यस्त छन् ।

आयुष्मानकी श्रीमती ताहिरा कश्यप यतिबेला निकै आलोचित बन्नुका साथै ट्रोलको सिकार भएकी छिन् । लेखक तथा निर्देशक ताहिराले पारिवारिक भ्रमणका समयमा बुद्धको प्रतिमामा बसेर फोटो खिचाएकी थिइन्, जसका कारण उनले आलोचना खेप्नु परेको छ । उनले उक्त फोटो आफ्नो इन्स्टाग्राममा पोस्ट गरिन् । तत्काल नकारात्मक प्रतिक्रिया आउन थालेपछि हटाएकी थिइन् । अहिले सोही तस्बिरलाई लिएर उनीप्रति कटाक्ष गरिएको हो ।

फोटोमा उनी भगवान् बुद्धको हातमा मजाले बसेकी छिन् । सबै धर्मको सम्मान गर्नुपर्ने र बुद्धमाथि बस्नु बौद्ध धर्मावलम्बीका लागि अपमानजनक हो भन्दै उनीप्रति आक्रोश व्यक्त गरिएको छ । यद्यपी उनले यस विषयमा माफी पनि मागिसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७