पौडेल हत्याकोको कडा जवाफ दिने विप्लवको चेतावनी


६ असार २०७६, शुक्रबार
biplav press

काठमाडौं, ६ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इञ्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको कायरतापूर्वक हत्या भएको आरोप लगाएको छ ।

पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले विज्ञप्तिमार्फत सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलको गोली हानी हत्या गरिएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा गैरन्यायिक हत्या भएको भत्र्सना समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको राज्य आतंक र हत्याको कडा जवाफ दिने समेत विज्ञप्तिमा उल्लेख छ ।

पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पौडेललाई विप्लव समूहले शहीद घोषणा समेत गरेको छ । पौडेलको बिहीबार प्रहरीको गोली लागि मृत्यु भएको थियो । प्रहरीले भने दोहोरो हानाहानका क्रममा उनको मृत्यु भएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७