कोपा अमेरिका : उरुग्वे र जापानले २–२ को बराबरीमा रोकिए


६ असार २०७६, शुक्रबार
kopa 1

काठमाडौं, ६ असार । कोपा अमेरिका कप फुटबलमा उरुग्वे र जापान २–२ गोलको बराबरीमा रोकिएका छन् ।

kp 3

ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको २५ औं मिनेटमा कोजी मियोसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा उरुग्वेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍यायो । उसका लागि लुइस स्वारेजले गोल गरे ।

पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ५९ औं मिनेटमा फेरि मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाए । तर ६६ औं मिनेटमा जिमिनेजले गोल गर्दै उरुग्वेलाई बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र उरुग्वेले अंक बाँड्न बाध्य भयो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७