अमेरिकाको शतप्रतिशत जीत कायमै, यी हुन् अन्तिम १६ मा पुग्ने टिम


६ असार २०७६, शुक्रबार
usa women soccer 4LOoU4AbCO

काठमाडौं, ६ असार । फिफा महिला विश्वकपको डिफेन्डिङ च्याम्पियन अमेरिकाले आफ्नो लय कायम राख्दै समूह चरणमा शतप्रतिशत जीत निकालेको छ । समूह चरणको अन्तिम खेलमा अमेरिकाले स्वीडेनलाई हराउँदै समूहको विजेता बनेको छ ।

अमेरिकाले स्विडेनलाई २–० ले हराउँदै प्रिक्वार्टर फाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ । लि हार्भेमा भएको खेलको तेस्रो मिनेटमै लिन्डसे होरानले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन् । ५० औं मिनेटमा जोन्ना एन्डरसनले आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता २–० मा लम्ब्यायो । त्यही अग्रता कायम राख्दै अमेरिका विजयी भयो ।

न्यूजिल्याण्डलाई हराउँदै क्यामरुन पनि नकआउट चरणमा पुग्यो । अघिल्ला दुई खेलमा पराजित क्यामरुनले न्यूजिल्याण्डलाई २–१ ले हरायो । क्यामरुनको जितमा अजारा एनचाउटले दुई गोल गरिन् । पहिलो हाफ गोलरहित बनेको खेलको ५७ औं मिनेटमा एनचाउटले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाइन् ।

८० औं मिनेटमा अरुल्ले अवनाले आत्मघाती गोल गरेपछि न्यूजिल्याण्ड खेलमा फर्कियो । दोस्रो हाफको इन्ज्युरी समयमा एनचोउटले दोस्रो गोल गर्दा क्यामरुन अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

सेमिफाइनलमा कसको प्रतिद्वन्द्वी को ?

जर्मनी भर्सेस नाइजेरिया

नर्वे भर्सेस अष्ट्रेलिया

इंग्ल्याण्ड भर्सेस क्यामरुन

फ्रान्स भर्सेस ब्राजिल

स्पेन भर्सेस अमेरिका

स्वीडेन भर्सेस क्यानडा

इटाली भर्सेस चीन

नेदरल्याण्ड्स भर्सेस जापान

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७