सुरुङभित्र थुनिएका सबै कामदारको सकुशल उद्धार {फोटो फिचर }


६ असार २०७६, शुक्रबार
Rasuwa gadi natural disaster 2

काठमाडौं, ६ असार :  निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ ।

आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा थुनिएका १७ जना मजदुरलाई सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) जीवन केसीले बताए ।   Rasuwa gadi natural disaster 3

Rasuwa gadi natural disaster 1
तस्बिर सौजन्य : सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका


विहिबार साँझ गएको सुख्खा पहिरोको कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरु थुनिएका थिए । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ अकास्मत सुख्खा पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका हुन् ।

बाहिर निकालिएका ती सबै १७ कामदारको उद्धारपश्चात स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण कार्यसमेत सम्पन्न गरिएको केसीले बताए । उद्धारमा लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जलविद्युत् कम्पनीका कर्मचारी जुटेका थिए ।

हिजो साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुङ्गा झरिरहेकाले आजका लागि विद्युत् आयोजनाको सुरुङको काम सुरक्षाका कारण स्थगन गराइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७