माओवादीसँग छिट्टै एकता हुन्छ : नेपाल


२६ मंसिर २०७४, मंगलवार
Madhav kumar nepal

काठमाडौं: नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अब छिट्टै आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने बताएका छन् ।

Madhav kumar nepal

शङ्खरापुर नगरपालिकाका विभिन्न वडा तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीसँग मंलबार भेटघाटपछि साँखुमा आयोजित सभामा उनले मत परिणामको अन्तिम विवरण आएपछि एकताको प्रक्रिया शुरु गरिने बताएका छन् ।
हालै सम्पन्न निर्वाचनमा विजयी भएपछि नेता नेपालले त्यस क्षेत्रका जनतालाई दुवै पार्टी एकता हँदैन कि भनेर आशङ्का नगर्न आग्रह गर्दै निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा गरिने जानकारी गराए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले मुलुकमा संक्रमणकालको अन्त्य भएको बताउँदै अब पूर्वाधार विकास तथा निर्माणका माध्यमबाट देशमा आर्थिक समृद्धिका कार्यलाई अगाडि बढाइने प्रस्ट पारे ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका नेता नेपालले साँखुको ऐतिहासिक महत्वलाई प्रवद्र्धन गर्ने तथा त्यस क्षेत्रका सम्पदास्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसअघि नाङ्लेभारे तथा जर्सिङपौवाका विभिन्न क्षेत्रमा बाजागाजासहित विजयी जुलुस निकालिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७