नेकपा सचिवालय वैठक अचानक स्थगित


६ असार २०७६, शुक्रबार

काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको शुक्रबार (आज) का लागि तोकिएको सचिवालय बैठक अचानक स्थगित भएको छ ।

ncp

नेताहरुको कार्यविभाजन, सरकारको समीक्षा र तल्लका कमिटीहरुको पूर्णतालगायत विषयमा छलफल गर्न डाकिएको सचिवालय बैठक अचानक स्थगित भएको हो । गृहकार्य नपुगेको भन्दै बैठक स्थगनको जानकारी आएको एक नेताले जानकारी दिएका छन् ।

बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजका लागि बैठक बोलाउने सहमति भएको थियो । सोही सहमतिअनुसार बैठक बोलाइए पनि गृहकार्य नपुगेको भन्दै बैठक स्थगन गरिएको छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड सरकारको कार्यशैलीप्रति खुलेरै विरोधमा उत्रिएका छन् । प्रचण्डले केही दिनअघि आफ्नै निवास खुमलटारमा भेट्न गएका सरोकारवालासँग गुठी विधेयकको चर्को विरोध गरेका थिए । यस्तै उनले बिहीबार पोखरामा सञ्चारकर्मीसँग समावेशीताको मर्म र भावना विपरीत लोकसेवा आयोगले खुलाएको कर्मचारी विज्ञापनको विरोध गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७