उत्तम सञ्जेल पत्नीसहित तीन जनालाई थप अनुसन्धान गर्न हिरासत


६ असार २०७६, शुक्रबार
utam sanjel

काठमाडौं, ६ असार । समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई थप अनुसन्धानका लागि हिरासत लिएको छ ।

आफन्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि त्यसको अनुसन्धान निम्ति प्रहरीले तत्काका लागि अभद्र व्यवहार मुद्दामा हिरासत राखिएको प्रहरीले जानकारी दिएको छ । सो मुद्दामा बिहीबार काठमाडौं जिल्ला अदालतले तीनै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकाले हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो । अस्पतालमा कार्यरत कर्मचारी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले आत्महत्या गरेपछि नियन्त्रणमा लिइएका सञ्जेल पत्नी कला, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीलाई बुधबार पक्राउ गरेको हो ।

बिमलाका श्रीमान बुद्धिराज योञ्जनले किटानी जाहेरी दिएपछि उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

तत्कालका लागि तीनै जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको उनले बताए। ‘कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि दुबै जनालाई अहिले तत्काल सो मुद्दामा म्याद थप गरिएको हो,’ बोगटीले भने, ‘कर्तव्य ज्यान मुद्दा स्थापित होला नहोला, तर किटानी जाहेरीमा अनुसन्धान आवश्यक देखियो ।’

परिसरका अनुसार बिमलाले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन् । सो नोटमा तीनै जनाको नाम उल्लेख रहेको बोगटीले जानकारी दिएका छन् । ‘सुसाइड नोट परीक्षण गर्न केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको छ,’ बोगटीले भने । बिमलाको शव त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरिएको छ । शवको रिपोर्टमा बिमलाले आत्महत्या गरेको उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७