विप्लव इञ्चार्ज मारिएको घटनाको मानवअधिकार आयोगले थाल्यो अनुसन्धान


६ असार २०७६, शुक्रबार
kumar poudel 1

काठमाडौं, ६ असार । मावअधिकार आयोगले नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको घटनाको अनुसन्धान शुरु गरेको छ । प्रहरीले चलाएको गोलीबाट पौडेलको हिजो (बिहीबार) मृत्यु भएको थियो ।

आयोगका प्रवक्ता वेद भट्टराईले शुक्रबार विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय र प्रदेश नम्बर–२ कार्यालयबाट टोली खटिएको उल्लेख गरेका छन् । उक्त टोलीले घटनाको अनुसन्धान गरेर तत्कालै आयोगमा प्रतिवेदन बुझाउने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७