महेन्द्र राई राखेपको राष्ट्रिय टिम तयारी निर्देशकमा नियुक्त


६ असार २०७६, शुक्रबार
mahendra rai

काठमाडौं, ६ असार । महेन्द्रकुमार राई राष्ट्रिय खेलकुद परिषदको राष्ट्रिय टिम तयारी निर्देशकमा नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदले असार ४ गतेदेखि लागु हुने गरी उनलाई निर्देशक पदमा नियुक्त गरेको हो । यसभन्दा अघि राई खेलकुद विज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत थिए ।

राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरबन्दी रहनेगरी रिक्त निर्देशक पदमा उनलाई नियुक्त गरिएको राखेपका सदस्य सचिव केशवकुमार विष्टद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

२०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङबाट राखेपको सेवा प्रवेश गरेका राई २०६३ सालमा द्धितिय श्रेणीको रुपमा वरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नति भएको थिए ।

त्यस्तै काठमाडौं जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण विभाग प्रमुखमा कार्यरत रहँदा राईलाई तत्कालिन सदस्य सचिव युवराज लामाले तालिम तथा प्रशिक्ष विभागको उपनिर्देशकमा पदोन्नती गरेका थिए ।

२०७४ सालदेखि राईं नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७