समानुपातिकतर्फ काँग्रेस अग्रस्थानमा


२६ मंसिर २०७४, मंगलवार
nepali congress flag

काठमाडौं: प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेका नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ ।

nepali congress flag
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित भएको सोलुखुम्बुमा वाम गठबन्धनसँग पराजित भएका काँग्रेसलाई तीनै स्थानमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ । समानुपातिकतर्फको मतगणना हुँदा नेकपा एमाले दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ काँग्रेसलाई १५ हजार १४८ मत प्राप्त भएको छ भने एमालेले १२ हजार ६६ र नेकपा (माओवादी केन्द्र)ले सात हजार ६७३ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८५, नयाँ शक्ति पार्टी ३७६, राजपा ६१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ३५ र संघीय समाजवादी फोरम नेपालले २४८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मुरारी बस्तीले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ काँगे्रसलाई १३ हजार ४४७, एमालेलाई १० हजार ४५८, माओवादी केन्द्रलाई आठ हजार ३१ र नयाँ शक्ति पार्टीलाई ४०६ मत प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो ।
यसैबीच, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ चार हजार ६४९ र प्रदेशसभातर्फ ६ हजार ७६३ मत बदर भएको छ । कुल ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४२० मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७