दोलखामा समानुपातिक तर्फ एमाले अग्रस्थानमा


२६ मंसिर २०७४, मंगलवार
uml

काठमाडौं: दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मतगणनासँगै समानुपातिकतर्फ पनि एमाले नै पहिलो भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको भन्दा समानुपातिकतर्फमा एमाले-काँग्रेस मतान्तर आधाभन्दा बढीले घटेको छ ।

uml
मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले बताएअनुसार नेकपा (एमाले)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३८ हजार ४७ तथा प्रदेशसभातर्फ ३७ हजार ८३० प्राप्त गरेको छ भने नेकाले प्रतिनिधिसभाको समानुपातिकतर्फ २४ हजार ४७ तथा प्रदेशसभातर्फ २३ हजार तीन मत प्राप्त गरेको छ ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ १८ हजार ७०२ तथा प्रदेशसभातर्फ १९ हजार १११ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए । जम्मा प्रतिनिधिसभातर्फ ८० हजार ८९६ र प्रदेशसभातर्फ ७९ हजार ९४७ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।
प्रत्यक्षका लागि प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको दोलखामा ८७ हजार ४९८ मत झरेको थियो । जसमा प्रतिनिधिसभातर्फ नेकपा ९एमाले०का उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत ल्याएका छन् । गुरुङ नेपाल अधिराज्यभर सबैभन्दा बढी मतान्तरले विजयी हुने उम्मेदवार भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७