जिल्ला इञ्चार्ज मारिएपछि विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम


६ असार २०७६, शुक्रबार
Biplab

काठमाडौं, ६ असार । सर्लाही जिल्ला इञ्चार्ज मारिएसँगै प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लव नेत्रविक्रम चन्दले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी गराएका छन् । ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्तामाथिको हत्या श्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले विज्ञप्तिमा जनाएका छन् ।

आन्दोलनका कार्यक्रमहरुमा चैत ७ गते प्रचार–प्रसार, चैत ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । विज्ञप्तिमा असार ५ गते भएको पौडेल हत्याकाण्डको छानविनको माग समेत गरिएको छ ।

हिजो प्रहरीको कार्वाहीमा विप्लव समूहका सर्लाही जिल्ला इञ्चार कुमार पौडेलको ज्यान गएको थियो । यसअघि भोजपुरमा विप्लव समूहका एक कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

विप्लव माओवादीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर पनि गोली हानी हत्या गरिएको आरोप लगाएको छ । यता प्रहरीले भने प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी कार्वाहीमा विप्लव कार्यकर्ताको मृत्यु भएको बताएको छ । पछिल्लो कुमार पौडेलको घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले छानविन थालेको छ ।
हेर्नुस् विज्ञप्ती

aandolan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७