कृति पत्रकार बन्दै


६ असार २०७६, शुक्रबार
kriti sen


काठमाडौं, ६ असार । बलिउड नायिका कृति सेनले नयाँ चलचित्र साइन गरेको खबर बाहिरिएको छ । बलिउड नायक साहरुख खान स्टारर चलचित्र ‘रइश’ का निर्देशक राहुल ढोलाकियाको निर्देशनमा बन्ने चलचित्रका लागि कृति पक्का भएकी हुन् । निर्माण युनिट र कृतिवीच लिखित सम्झौता भइसकेको छ ।

वास्तविक जीवन कथामा निर्माण हुने यो चलचित्रमा कृतिले पत्रकारको भूमिका निर्वाह गर्ने भारतीय मिडियामा उल्लेख छ । अगस्टबाट छायांकनमा जाने भनिएको यो चलचित्रको हालसम्म नाम भने तय गरिएको छैन । चलचित्र थ्रिलर जनरामा निर्माण हुदैँछ ।

चलचित्रको बारेमा बोल्दै कृतिले भनेकी छिन्, ‘मैले यो प्रकारको चलचित्रलाई लामो समयदेखि कुरिरहेको थिएँ । आज आएर सोचेको जस्तो क्यारेक्टरमा काम गर्न पाएको छु । निकै खुशी लागेको छ ।’ चलचित्रको बिषयमा विश्वस्त भएकी कृति चलचित्र रमाइलो बन्ने कुरामा दावी गर्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७