‘गुलाबो सिताबो’ मा अमिताभको लुक्स


६ असार २०७६, शुक्रबार
amitabh bhachhan

काठमाडौं, ६ असार । बलिउडका चर्चित नायक अभिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् । चलचित्रको काम भइरहँदा यसको निर्माण पक्षले नायक बच्चनको लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्विरमा लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ । इन्टरनेटमा सार्वजनिक भएसँगै अमिताभको यो लुक्सको चर्चा भइरहेको छ ।

केही समय अगाडि अन्तरवार्तामा अभिताभले भनेका थिए, ‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउने छु ।’ त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको देखिन्छ । चलचित्रमा अभिताभ बच्चनसँगै आयुष्मान खुरानाको पनि मुख्य भूमिका रहनेछ । निर्माण पक्ष र आयुष्मानबीच केही समय अगाडि नै लिखित सम्झौता भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७