असार २२ गते कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक, यस्ता छन् चार एजेण्डा


६ असार २०७६, शुक्रबार
Nepali Congress Party Office

काठमाडौं, ६ असार । नेपाली कांग्रेसले आगामी असार २२ गते केन्द्रीय कार्यसमिति बैठक डाकेको छ ।

असार २२ गते आइतवार विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा बैठक वस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उक्त बैठककमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन निर्देशन नै दिइएको छ ।

बैठकमा छलफलका चार वटा विषय रहेकोे कांग्रेसले जनाएको छ । जसमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, २०७६, राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समीक्षा, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयीक राजनीतिक विषय रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७