१० चलचित्रकर्मीलाई सम्मान


६ असार २०७६, शुक्रबार
chalachira bikash

काठमाडौं, ६ असार । चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

वि.सं २०५७ मा स्थापना भएको बोर्डले यो वर्ष स्थापनाको १९ औं वार्षिकोत्सव मनाउँदैछ । स्थापनाको १९ औं वार्षिकोत्सवको अवसर पारेर नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान र्पुयाएका १० जना चलचित्रकर्मीलाई ‘सिनेमाकर्मी विशेष योगदान सम्मान २०७६’ बाट सम्मानित गर्ने भएको छ ।

गत वर्षबाट शुरु भएको पुराना नेपाली चलचित्र तथा वृत्तचित्रहरूलाई डिजिटलाईजेशन गर्ने गर्दछ । आमा, परिवर्तन, हिजो आज भोलि, मनको बाँधलगायतका १० चलचित्र डिजिटलाईजेशन भएका छन् । बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरूको चयन कार्य पनि शुरु भइसकेको छ । नेपाली सिनेमाको इतिहास बोकेका कालजयी सिनेमालाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरूप यसलाई डिजिटलाईजेशन गरिएको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डिजिटलाईजेशन तथा रेस्टोरेशन गरिएका सिनेमाहरूका केही दृश्यहरू बोर्डको वार्षिकोत्सवको अवसरमा प्रदर्शन पनि गरिने विज्ञप्तिमा उल्लेख छ । यद्यपि लामो समयदेखि रोकिएको बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस पटक पनि नहुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७