जिल्ला अदालतका खरिदार घुससहित पक्राउ


६ असार २०७६, शुक्रबार

बारा, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिए ।

लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत रु १८ हजार सेवाग्राहीलाई दिने क्रममा चौधरी पक्राउ परेका थिए । स्रोतका अनुसार सेवाग्राहीसँग पटक पटक गरी रु १२ हजार अगाडि नै चौधरीले लिइसकेको थियो सूचना अधिकारी राईले भने ।

पक्राउ परेका चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र भोलि मात्र काठमाडौँ पठाउने सूचना अधिकारी राईले जानकारी दिए । चौधरीलाई विशेष सूचनाको अधारमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७