२२ भाषामा गीत गाईसकेका राजेश पायलले फेरि गाए हराउँदै गएको ‘तिलुङ’ भाका


६ असार २०७६, शुक्रबार
rajesh payal rai 19 bhadau 2074

काठमाडौं, ६ असार । गायक राजेश पायल राई वर्षैभर कुनै न कुनै गतिविधिले चर्चामा आइरहन्छन् । कहिले सुपरहिट गीत दिएर त कहिले आगान्तुक गायक–गायिकालाई सहयोग गरेर ।

‘भर्ससटाइल’ गायनबाट गीत संगीतको क्षेत्रमा ‘राई इज किङ्ग’ उपाधि समेत पाएका राजेश पायल फेरि अर्को राम्रो कामका कारण चर्चामा छन् । उनको यो राम्रो काम हो–लोप हुँदै गएको तिलुङ राई भाषको गीत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार क्षेत्रमा बोलिने तिलुङ राई भाषामा गीत रेकर्ड गरेर राजेश पायकल राईले एउटा सँस्कृति संरक्षणका लागि योयदान पुर्‍याएका छन् ।

सोही नगपालिकाकी उपप्रमुख विमला तिलुङ राईको शब्द संकलन र संगीतकार मनोज साङसोन राईको संगीत रहेको छ । राजधानी काठमाडौंको बानेश्वरस्थित स्टुडियो किङमा यसै साता उक्त गीत रेकर्ड गरिएको हो ।

‘हाम्रो मातृभाषा (तिलुङ) बोल्न जान्ने मान्छे मेरो बुवालगायत केही बूढापाका मात्र हुनुहुन्छ,’ शब्द संकलक विमला भन्छिन्, ‘कमसेकम संगीतबद्ध गर्न सकेमा मातृभाषाप्रति अरूको रुची बढ्छ भनेर संगीतकार मनोज साङसोनको अनुरोधमा मैले गीत संकलन गरेकी हुँ ।’

गीतमा राई जातिको देउता पहाड भुम्जु, प्राकृतिक उपहारका रूपमा रहेको बोजेढुंगा, जोरकाफलबाट देखिने चोमोलुङमा (सगरमाथा), दायाँबाट फन्को मार्दै पूर्व बगेकी दुधकोशीको बयान रहेको विमला तिलुङ सुनाउँछिन् । तथ्यांकअनुसार तिलुङ भाषा बोल्नेको संख्या एक हजार ४२४ जति रहेको छ । तर, भाषा बोल्ने भने केही बूढापाका मात्र छन् ।

गायक राजेशपायलले झण्डै दशकदेखि आफू किरात भाषाहरूको प्रतिनिधि गीत संगीतबद्ध गर्ने अभियानमा जुटेको जानकारी गराए । लिम्बू भाषामा नौवटा गीतको ‘आसेवारो’ एल्बम धेरै अघि प्रकाशनमा ल्याएका थिए । करिब दशकदेखि याक्खा, सुनुवार र राई समूहका भाषाहरूको संयुक्त एल्बम ‘स्यामुना’ (अभिवादन) निर्माणमा लागिपरेको जानकारी गराए ।

गायक राईले अहिलेसम्म कोयी, वाम्बुले, बाहिङ, दुमी, दुङमाली, बान्तावा, चाम्लिङ, पुमा, थुलुङ, नाछिरिङ, मुगाली, फाङदुवाली, जेरुङ, खालिङ, साम्पाङ, कुलुङ, याम्फु, लोहरूङ भाषाका गीत रेकर्ड गराएका छन् । त्यसैगरी सुनुवार, याक्खा भाषाको रेकर्ड भइसकेका छन् ।

‘आफ्नो किराती भाषाहरूको गीत गाउँन पाउँदा खुशी लाग्ने र यसले भाषा मात्र होइन, संस्कृति, संस्कार, परम्पराको संरक्षण गर्ने बताउँदै राजेश पायल भन्छन्, ‘आउँदो भदौभित्र ३१ वटै भाषाको गीत रेकर्ड गरिसक्ने लक्ष्य राखेको छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७