सप्तरङको नयाँ रङ्गहरु


६ असार २०७६, शुक्रबार
rang

काठमाडौं, ६ असार । सातै प्रदेशमा साँगीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको सप्तरंगको दोस्रो संस्करण पनि छिट्टै शुरु हुने भएको छ ।

ग्रिष्मा ब्रोडकाष्टिङको आयोजना रहेको सप्तरंगले दोस्रो संकरणको लागि कलाकारहरू फाइनल गरिरहेको छ । केही दिनअघि महानायक राजेश हमाल र गायिका मेलिना राई अनुबन्धित भएका थिए भने बिहीबार सप्तरंगको रङ्गहरूमा नयाँ रगं जोड्ने क्रममा तेस्रो रङ्ग सुमधुर स्वरका धनी सुगम पोखरेललाई जोडिएका छन् ।

कलाकारहरूलाई दोस्रो संस्करणको लागि जोडिरहेका ग्रिष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरेले चौथो रङ्गको रूपमा लोकप्रिय गायक हिमाल सागर र पाँचौ रङ्ग लोक तथा दोहोरी गायक प्रकाश सपुतलाई बनाइएको सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७