स्याङ्जा १ मा प्रतिनिधिसभा सदस्यमा एमालेका मरासिनी विजयी


२६ मंसिर २०७४, मंगलवार
narayan marisini नारायण मरासिनी

काठमाडौं: स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नारायण मरासिनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

narayan marisini नारायण मरासिनी

मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका राजु थापाले २८ हजार ७३१ मत पाएका छन् । राजु थापा २०७० मा सोही क्षेत्रबाट निर्वाचित हुँदा मरासिनी निकटतम प्रतिस्पर्धी थिए ।

यस पटक चार वर्षअघिको बदला लिँदै मरासिनी सांसद निर्वाचित भएका हुन् । यो सँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६२ स्थानको नतिआ सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ७६ सिट जितेको छ भने बाँकी तीन क्षेत्रमा पनि एमालेकै अग्रता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७