प्रभु बैंकको नयाँ शाखा ललितपुरको इमाडोलमा


६ असार २०७६, शुक्रबार
156111897120190621 111602

काठमाडौं, ६ असार  । प्रभु बैंकले ललितपुरको महालक्ष्मी नपा वडा नं।१ स्थित इमाडोलमा शाखा संचालनमा ल्याएको छ।

उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरे। महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यस शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए।

इमाडोल शाखा समेत गरी बंैकले हालसम्म १८५ वटा शाखा, १४६ एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट बैंकिङ कारोबार गर्दैआएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७