नक्कली एटीएम कार्डबाट २० लाख चोरेर तीन विदेशी फरार, एक नेपाली पक्राउ


६ असार २०७६, शुक्रबार

काठमाडौं, ६ असार । नक्कली एटीएम कार्ड प्रयोग गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चोरी गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

ATM

बारा पिपरपानी–७ घर भएर काठमाडौं महानगरपालिका ३१ शंखमुल बस्ने ३३ वर्षीय राजुकुमार पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार फक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेले तीन जना रोमानियाका नागरिकहरुसँग मिलेर राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं उपत्यकाको विभिन्न एटीएम बुथबाट नक्कली एटीएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने गरेको पाइएको छ ।

पाण्डेसँगै घटनामा संलग्न भएका तीन जना रोमानियाका नागरिकहरुले भने नेपाल छोडिसकेको बताइएको छ । एटीएम कार्ड ठगीमा ब्यूरोले हालसम्म ६ नेपाली, ४ रोमानियाका, ४ टर्कीका, ४ बुल्गेरियाका, २ भारतीय र ४ माल्दिभ्सका गरी २४ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७