उशोशी सेन गुप्तामाथि अभद्र व्यवहार


६ असार २०७६, शुक्रबार
ushoshi

काठमाडौं, ६ असार । सन् २०१० की मिस इन्डिया युनिभर्सको ताज पहिरिएकी अभिनेत्री उशोशी सेन गुप्तामाथि अभद्र व्यवहार भएको छ ।

उनलाई अभद्र व्यवहार गरेको आरोपमा कोलकाता प्रहरीले सात जनालाई गिरफ्तार गरेको भारतीय मिडियाले जानकारी दिएको छ । उशोशीका अनुसार मंगलबार राति कामबाट घर फर्किंदै गर्दा केही अज्ञात व्यक्तिले कोलकाताको जवाहरलाल रोड क्रसिङ नजिकबाट उनलाई पछ्याएका थिए । आफ्नी एक सहकर्मीका साथ रहेकी उनी सवार कारलाई केहि युवकहरूले ठक्कर दिएका थिए । ती युवाहरुले उशोशीको कार चालकलाई कुटपिट गरेको उनले बताएकी थिन् ।

उशोशीले घटनाबारे जानकारी तस्बिरसहित आफ्नो फेसबुकमा समेत पोस्ट गरेकी थिइन् । प्रहरीले फेसबुकमा पोस्ट गरेको उनको तस्बिर तथा सीसीटीभी फुटेजका आधारमा सात जनालाई गिरफ्तार गरेको छ । उनले आफ्नो सुरक्षासँगै कार ड्राइभरलाई निर्मम ढंगले कुटपिट गरेकाले बोल्नु परेको बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७