रोल्पामा समानुपातिकतर्फ माओवादी केन्द्र अगाडि


२६ मंसिर २०७४, मंगलवार
maobadi election sign

रोल्पा : प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)पहिलो भएको छ।maobadi election sign
प्रत्यक्षतर्फ जित हासिल गरेको माओवादी केन्द्रले पच्चीस हजार २६०, नेपाली कांग्रेसले चौध हजार ४१८ र नेकपा (एमाले)ले दश हजार २७१ मत प्राप्त गरेका छन्।
जिल्लामा राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), एकीकृत राप्रपा (राष्ट्रवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा(माले), नेपाल परिवार दल, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशन मात्रै अस्तित्वमा रहे पनि मतदाताले ४७ दलको चुनाव चिह्नमा मतदान गरेका छन्। सत्तरी हजार ५७० मत खसेको रोल्पामा पन्ध्र हजार ७६६ मत बदर भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७