यस्तो छ नयाँ बिएमडब्लू ‘जि-३ १० आर’


६ असार २०७६, शुक्रबार

काठमाडौं, ६ असार । एड्भेन्चर टुरिङको लागि संसारको चर्चित ब्राण्ड बिएमडब्लुको ‘जि३ १०आर’ मोडलको मोटरसाइकल गत डिसेम्बरमा नेपालमा सार्वजनिक भयो।

यो सगैँ ‘जि ३ १० जिएस’ पनि सार्वजनिक भएको थियो। ३१३ सिसीको सिङ्गल सिलिण्डर भएको ‘जि३ १०आर’ नेपाली युवा माझ लोकप्रिय बनेको छ।

केही समय अघिमात्र नेपाली क्रिकेटर सन्दिप लामिछानेको रोजाइमा परेको ‘जि३ १०आर’ ३ ओटा कलर कालो,रातो र सेतो रङ्गमा उपलब्ध छ।

यो हेर्दा निकै आकर्षक र स्पोर्टी छ। यसलाई कम्पनीले चलाउन सहज हुने गरी डिजाइन गरेको छ।कम्पनीले कालो र रातोको मूल्य ९ लाख ५० हजार निर्धारण गरेको छ भने सेतो रङको मूल्य ९ लाख ७५ हजार रुपैयाँ रहेको छ।

सेतो कलर स्पेसल कलर भएकोले केही महंगो भएको कम्पनीले जनाएको छ। कम्पनीको इभेन्टहरु र शोरुम भिजिट पनि उत्साहजनक भएको कम्पनीको दावी छ।

‘जि ३ १० जिएस’ले ९५०० आरपिएममा ३४ बिपिएच पावर र ७५०० आरपिएममा २८ एनएम टर्क जेनेरेट गर्छ।

यसको फ्युल ट्याङ्क क्यापसिटी ११ लिटर भएकोले लामो दूरीमा धेरै समस्या पर्दैन।टप स्पिड १४३ किलोमिटर प्रतीघण्टा भएको ‘जि ३ १० जिएस’को ग्राउण्ड क्लेयरेन्स १६५ मिलिमिटर रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७