सचिन तेन्दुलकरको रेकर्ड अफगानिस्तानविरुद्ध खेल्दा विराटले तोड्ला


७ असार २०७६, शनिबार
sachin virat hy6n4c5834

 

काठमाठौं, ७ असार । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले लिजेण्ड खेलाडी सचिन तेन्दुलकरले बनाएका साना-साना रेकर्डहरु तोड्दै गएका छन् ।

विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै विराटले ११ हजार रनको सचिनको रेकर्ड तोड्न सफल भए । सचिनले २७६ पारीमा बनाएको रेकर्ड विराटले जम्मा २२२ पारीमा तोडेका थिए ।

यसैगरी शनिबार अफगानिस्तानविरुद्ध खेल्दा विराटको नजर अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गर्ने हुने छ । अहिले उनी यो रेकर्ड बनाउन १०४ रनले पछि रहेका छन् । यदि अफगानिस्तानविरुद्ध शतकीय पारी खेलेमा विराटले सचिनको अर्को रेकर्ड पनि तोड्ने छन् । २० हजार अन्तर्राष्ट्रिय रन पूरा गर्ने खेलाडीको रुपमा विराट १२ औं नम्बरमा आउने छन् ।

कोहलीले अहिलेसम्म एक दिवसीयमा ११ हजार २० रन टेस्टमा ६ हजार ६ सय १३ र टी–२० मा २ हजार २ सय ६३ रन बनाइसकेका छन् ।

थोरै इनिङ्समा २० हजार रन पूरा गर्ने रेकर्ड सचिनको मात्रै नभएर ब्रायन लाराको पनि छ । यी दुवैले ४५३ इनिङ्समा पूरा गरेका थिए । कोहलीले भने अहिलेसम्म ४१५ इनिङ्समात्रै खेलेका छन् । टेस्टमा १३१, एक दिवसीयमा २२२ र टी २० मा ६२ इनिङ्समा ब्याटिङ गरेका छन् ।

२० हजार रन बनाउने खेलाडीको सूचीमा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ पनि पर्छन् । उनले ४६८ इनिङ्समा यो काम गरेका थिए ।

भारतीय कप्तान कोहलीले अफगानिस्तानविरुद्ध १०४ रन बनाएमा सचिन तेन्दुलरकले बनाएको ३४ हजार ३५७ र राहुल द्रविडले बनाएको २४ हजार २०८ पछि २० हजार अन्तर्राष्ट्रिय रन बनाउने तेस्रो भारतीय खेलाडी बन्ने निश्चित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७