नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


७ असार २०७६, शनिबार
Ncp Meeting 1

काठमाडौं, ७ असार । पार्टी एकता र नेताहरुको कार्य विभाजनको टुङ्गो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाँती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ ।

जिल्ला संयोजक र सहसंयोजक छनोट भए पनि इञ्चार्ज तथा सहइञ्चार्ज तोक्न सकेको छैन । नेकपाका विभिन्न गुटका नेताले यसमा आ–आफ्ना अडान राखेकाले यसलाई टुंग्याउन सकस परेको बताइएको छ । आज बस्ने बैठकमा यसबारे ठोस ढङ्गले छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेकपा नेतृत्वको सरकार संसद्मा पेश गरेको विधेयक तथा कार्यशैलीका कारण आलोचित बनिरहेको छ । बैठकमा सरकारको काम–कार्वाहीलगायत समसामयिक विषयमा पनि छलफल हुने अनुमान गरिएको छ । हिजो मात्र नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई वैठकको एजेण्डा तय गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७