चौधरी र गच्छदार मतगणना रोचक बन्दै, यस्तो छ पछिल्लो नतिजा


२६ मंसिर २०७४, मंगलवार
Bhagawati choudhary Bijayekumar Gachhadar

सुनसरी: सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले भगवतीसँगको अग्रता ६२ मा झारेका छन्।Bhagawati choudhary Bijayekumar Gachhadar

निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरीले ३२ हजार ५ सय ५५ मत पाएकी छन् भने उनका निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विजय गच्छदारले ३२ हजार ४ सय ९३ मतले प्राप्त गरेका छन्।

मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो। सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले १ सय ५५ मतले अग्रता लिएकी थिइन्। अघिल्लो पटक मतपरिणाम सार्वजनिक हुँदा १६५ मतान्तर थियो। अहिले भने त्यो घटेर ६२ मा पुगेको छ।

मतगणनाको क्रममा धाँधली गर्न खोजेको भन्दै एमाले उम्मेदवार चौधरीले मत गणना वहिष्कार गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र सोही क्षेत्रको प्रदेशसभातर्फ ९ख० निर्वाचन क्षेत्रको मत गणना स्थगित भएको थियो। अब करिब १२ हजार मत गन्न बाँकी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७