नेकपाको सचिवालय बैठक जारी : जिम्मेवारी र दस्तावेजका विषयमा छलफल हुँदै


७ असार २०७६, शनिबार
CPN secretariat Meeting 1

काठमाडौं, ७ असार :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । शनिबार अपरान्हबाट जारी बैठकमा नेताहरुको जिम्मेवारी र राजनीतिक दस्तावेजमाथि छलफल गर्ने कार्यसूची छ ।

सचिवालय बैठक अघि अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच बैठकका अजेन्डाको बिषयमा अनौपचारिक छलफल भएको थियो । बैठकमा जिल्ला इञ्चार्ज, सहइञ्चार्जका मापदण्डबारे छलफल हुनेछ ।

CPN Secretarit

CPN secretariat Meeting Baluwatar
तस्बिर : सौजन्य प्रचण्डको सचिवालय

यसअघिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीबीच मापदण्डको बिषयमा विवाद भएपछि सहमति जुट्न सकेको थिएन ।

ओली निर्वाचित जनप्रतिनिधिलाई जिल्ला इञ्चार्ज वा सहइञ्जार्ज बनाउने पक्षमा छन् भने, वरिष्ठ नेता दोहोरो जिम्मेवारी दिदा काम प्रभावकारी नहुने भन्दै दोहोरो जिम्मेवारीको बिरोधमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७