आर्थिक समृद्धिको नाराले मात्रै मुलुकवासीको चाहना र अपेक्षा पूरा हुँदैन : नेता नेपाल

‘राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ’


७ असार २०७६, शनिबार
Madhav Kumar Nepal माधवकुमार नेपाल is a Nepalese politician who was Prime Minister of Nepal

काठमाडौं, ७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक समृद्धिको नाराले मात्र मुलुक र मुलुकवासीको चाहना र अपेक्षा पूरुा हुन नसक्ने बताएका छन् ।

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको २० औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो–सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

उनले गरिबी, अभाव, बेरोजगारी, विकृति, विसंगतिको अन्त्य गर्दे सुखी नेपाली समृद्ध नेपालको चाहना पूरा गर्नका लागि कार्य प्रगतीको समिक्षा र बहसको आवश्यकता औंल्याए । आर्थिक समृद्धिको नाराले मात्रै मुलुक र मुलुकवासीको चाहना र अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले समाजले चाहेको आवश्यकतालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताए ।

उनले भने, ‘आत्मसमिक्षा गर्नुपर्ने छ । साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामीसँग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सकिरहेका छौं ? यदि सकिरहेका छैनौं भने कसरी सकिन्छ त ? आत्मचिन्तनको खाँचो छ । आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ ।’

नेता नेपालले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७