राजधानीमा चर्चित बन्दै रौतहटको कटीया


७ असार २०७६, शनिबार
takali restud

काठमाडौं,७ असार । नेपाली परम्परागत खानाको पारखीलाई लक्षित गरि संचालनमा आएको ‘लेकाली किचन’ नामको रेष्टुरेन्टले राजधानीका खानाको पारखीहरुलाई कटीयाको परम्परागत स्वाद दिलाएको छ ।

विषेश गरि रौतहटमा चर्चित कटीयालाई पछिल्लो समय राजधानीबासीले पनि निकै मन पराएका छन । खसीको मासुलाइ प्याज, मसला हालेर आगोको कोइलामा राखेर बनाइने कटीया अन्य मासुको परिकार भन्दा भिन्दै र विशेष स्वाद हुने भएकोले पनि राजधानीका खानाका पारखीहरुको मन जितेको हो ।

माटोको भाँडोमा एक दुई घण्टा लगाएर पकाएको मासुमा पानी नहाली पाक्ने भएकोले र विषेश मसलाको प्रयोग हुने भएकोले अन्य मासुका परिकार भन्दा भिन्न र विशेष स्वादको हुन्छ ।

सिनामंगलस्थित लेकाली किचन एण्ड कटीया हाउस रेष्टुरेन्टमा कटीया बाहेक, स्पेसल थकाली खाना, लोकल खसी र लोकल कुखुराको मासु, च्याङ्ग्राको सुकुटी, कालिजको मासुका परिकार त्यस्तै, दाङको बँधिया कुखुराको मासुका परिकार, कोदो, मकै र फापरको ढिँडो, सिस्नुको तरकारी, मार्सी चामलको भात, मुस्ताङको आलुका परिकार समेत उपलब्ध हुने सञ्चालक मधुसूदन ढकालले बताए ।katiya

उक्त रेष्टुरेन्टका भित्ताहरू नेपाली परम्परा झल्काउने स्पेशल इफेक्टसहितुका चित्रकलाहरु कोरिएका छन्। नयाँ स्वाद र फरक खानहरु भएको कारण खोलेको छोटो समयमै खानाको पारखीहरुको मन जित्न सफल भएको पनि संचालक ढकालले जानकारी दिए । आगामी दिनमा नेपाली खानाहरुलाइ अझै विशेष ढङ्गले परिस्कृत गर्दै लैजाने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७