पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध


८ असार २०७६, आईतवार
RASUWA

रसुवा, ८ असार । शनिबार दिउँसोदेखि परेको वर्षाको कारण पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्र्तगत लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउनका लागि बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् ।

पहिरो पन्छाउनका लागि रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । शनिबार राति ८ बजे त्यस क्षेत्रमा पहिरो गएको थियो । सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाडौं जान लागेका मालवाहक कन्टेनर रोकिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७