कोपा अमेरिका : ब्राजिल क्वार्टर फाइनलमा, पेरुको पोस्टमा हान्यो पाँच गोल


८ असार २०७६, आईतवार
kopa 2

काठमाडौं, ८ असार । पेरुको पोस्टमा पाँच गोल हान्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टर फाइनलमा पुगेको छ । साओ पाउलोमा हात पारेको जितसँगै ब्राजिल समूह विजेता बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।

ब्राजिलका लागि १२औं मिनेटमा कासिमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । १९औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गरे । ३२औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि ३–० को अग्रता दिलाए ।

५३ औं मिनेटमा डानी एलभेसले र ९०औं मिनेटमा विलियनले गोल गरेपछि पेरु पराजित भयो । तीन खेल सकिँदा चार अंक बनाएको पेरुको उत्कृष्ट उपविजेता बन्दै नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

बेलिभिलाई ३–१ ले हराउँदै भेनेजोयला पनि क्वार्टर फाइनलमा पुगेको छ । बोलिभियालाईं हराएपछि भेनेज्वयला समूह एको उपविजेता बनेको छ । भेनेजोयलाको जितमा डार्विन माचिसले दुई गोल गरे ।

उनले दोस्रो र ५५औं मिनेटमा गोल गर्दै भेनेजोयलालाई अग्रता दिलाएका थिए ।
८२ औं मिनेटमा जस्टिनियानोले बोलिभियाका लागि गोल गर्दै अग्रता २–१ मा झारे । तर ८६औं मिनेटमा जोसेफ मार्टिनेजले गोल गरेपछि भेनेजोयला विजयी भयो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७