घरमा आगो लगाएर श्रीमतीको हत्या !


८ असार २०७६, आईतवार

दार्चुला, ८ असार । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलाका एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाएउँदा श्रीमतीको ज्यान गएको छ ।

death photo1

३० वर्षीय शेरबहादुर बडालले गए राति घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो । शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

घरमा उनका बुबा, आमा र ३ जना छोराछोरी पनि बस्थे । उनीहरु भने सकुशल छन् । ‘घटनामा कसरी विन्द्राको मात्रै मृत्यु भयो भन्नेबारे अनुसन्धान थालेका छौं’, दार्चुलाका एक प्रहरी अधिकृतले भने ।

प्रहरीले घरमा आगो लगाउने शेरबहादुरलाई पक्राउ गरेको छ । परिवारका अन्य सदस्यहरुसँग पनि सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७