उपप्रमुखकै नेतृत्वमा नगरपालिकाको कार्यालय तोडफोड


८ असार २०७६, आईतवार
Aurahi

महोत्तरी, ८ असार । औरही नगरपालिका कार्यालयमा शनिबार राति तोडफोड भएको छ । नगरपालिकाको उप प्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।

कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन, २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबारको दिन आएर मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताएका छन् ।

कामको चापले गर्दा शनिबार पनि काम गर्न बाध्य भएको नगर प्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अचार्यले बताए । कार्यालय तोडफोड गर्ने क्रममा उपप्रमुख पक्षको राजपाको नेता ज्ञानु झा घाइते भएका छन् । उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७