प्रतिनिधिसभा वैठकमा दुई सांसदले ओली-देउवाको नाम बिगारेपछि


८ असार २०७६, आईतवार
jhapat chaudhari

काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नाममा प्रतिनिधि सभामा व्यङ्गयवाण चलाएका छन् ।

कांग्रेस सांसद उमाकान्त चौधरीले जथाभावी कर निर्धारण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले करप्रसाद ओली उपनाम पाएको बताए ।

सरकारले काण्डै काण्ड मच्चाएको उनले टिप्पणी पनि गरे । ‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्री ज्यूको सरकारको काम कार्वाही हेर्दा उहाँले सधैं झुटको आश्वसन दिने भएकोले अब उहाँको नाम झुटप्रसाद ओली उपनाम दिँदैमा केही फरक पर्ने वाला छैन’ चौधरीले भने ।

चौधरीको भनाई लगत्तै संसदमा नेकपाका सांसद झपट रावलले नियमापत्ति जनाए । उनले प्रधानमन्त्रीको नाम बिगारिएकोमा आपत्ति त जनाए तर आफैले भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नाम बिगारिदिए ।

‘माननीय ज्यूले सम्मानीय प्रधानमन्त्रीको नाम बिगारेर करप्रसाद र झुटप्रसाद भन्नु भएको छ’, रावलले भने, ‘प्रधानमन्त्रीको नाम बिगारेर सम्बोधन गर्नु भएको छ । हामी नेपाली जनताको प्रतिनिधिले प्रयोग गर्ने भाषा शैलीबारे नेपाली जनताले चनाखो परेर हेरिरहनु भएको छ ।’

उनले थप्दै भने ‘पूर्व प्रधानमन्त्री एवम् प्रतिपक्षी दलको नेता हामीले सम्मान गर्ने व्यक्ति शेरबहादुर देउवालाई छेर बहादुर भन्न बाध्य भयौँ भने के हुन्छ । त्यसैले यस्तो शब्द रेकर्डबाट हटाइयोस् ।’

तर सभामुख कृष्णबहादुर महराले रेकर्डबाट शब्द हटाएनन् । उनले विषय गम्भीर भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए । ‘सभामुखको हैसियतले मेरो यो विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण भएको छ । के गर्ने निर्णय पछि गर्छु’, महराले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७