निखिलको ‘आयो भैरव’ बन्दै


८ असार २०७६, आईतवार
nikhil upredi

काठमाडौं, ८ असार । चलचित्र क्षेत्रमा राम्रै क्रेज बनाइरहँदा नायक निखिल उप्रेती मुम्बई पुगे । नायिका संचिता लुइटेलसँग बिहे गरेर उनी मुम्बइ पुगेका थिए । उनी करिब ५ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किए ।

निखिलले आफ्नै निर्देेशनमा ‘भैरव’ चलचित्र बनाए । तर, त्योे चलचित्रले उनको कमब्याक दमदार भने हुन सकेन । त्यस लगतै उनले लुटेरा, निर्भय, राधे, पिंजडा व्याक अगेन, रुद्र, सम्बोधनलगायतका असफल चलचित्रमा काम गरे ।

चलचित्रको असफलतापछि निखिललाई पनि झट्का लागेको थियो । उनी पुनः आफ्नै निर्देशनमा विश्वास गरेर नयाँ चलचित्र ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ को घोषणा गरे । केही भारतीय कलाकार पनि रहने भनिएको यो चलचित्रको मुख्य पात्र उनै थिए । लगानी र निर्देशन पनि उनैको थियो । तर, चलचित्रको छायांकन पूरा भएन । लगभग आधा काम सकेपछि पैसा अभावमा चलचित्रको छायांकन रोकिएको थियो । अहिले पनि उक्त चलचित्रको छायांकन अन्योलमा नै छ । यस्तैमा, अहिले निखिल उप्रेती नयाँ चलचित्रको काममा लागेका छन् । उनी अहिले चलचित्र ‘भैरव’ को सिक्वेलको रुपमा ‘आयो भैरब’ को तयारीमा जुटिरहेका छन् । अहिले चलचित्रको प्री–प्रोडक्सनको काम भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७