आँचलको ‘माया सररर’ सार्वजनिक (भिडियोसहित)


८ असार २०७६, आईतवार
aanchal sharma 1 1

काठमाडौं, ८ असार । म्युजिक भिडियो र चलचित्रबाट दर्शकको मन जितेकी नायिका आँचल शर्मा फिचर्ड म्युजिक भिडियो ‘माया सररर’ सार्वजनिक भएको छ ।

गायक सचिन रौनियारको स्वर रहेको गीतमा शव्द तथा संगीत जितेन लेप्चाको रहेको छ । गीतको भिडियोमा आँचलका साथमा गायक सचिन र शब्द सङ्गीतकार लेप्चाको प्रस्तुती रहेको छ । गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन साथै भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।

मनोरञ्जनात्मक गीतको भिडियोमा आँचलको पछि लाग्दै सचिन र जितेनले आपूmलाई माया गर्न आग्रह गरेका छन् । माया, प्रेम र गीत सङ्गीत एक अर्काको परिपुरक हुन । आफ्नो मनको कुरा व्यक्त गर्ने गीतको रुपमा ‘माया सररर’ बनेको छ । गीतलाई एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=1imsq9MgS3I

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७