पूजा कस्की बेहुली ?

काठमाडौं, ८ असार । चलचित्र ‘पोई पर्यो काले’ का केही दृष्य बाहिरिएसँगै यसलाई लिएर दर्शकमा अझै कौतुहलता बढेको छ ।

पोखरामा चलचित्रको छायांकन सकेर यसको यूनिट काठमाडौं आइसकेको छ । पोखरामा चलचित्रका मुख्य तीन कलाकार सौगात मल्ल, पूजा शर्मा र आकाश श्रेष्ठको बिहे भएको दृष्य पनि खिचिएको छ । पूजालाई बेहुलीको अवतारमा आकाश र सौगातलाई बेहुलाको अवतारमा देख्न सकिन्छ ।

चलचित्रमा पूजाको बिहे कोसँग हुन्छ भनेर खुलाइएको छैन । सार्वजनिक तस्वीरले उत्सुकता बढाएको भने छ । शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठलगायतको मुख्य भूमिका छ ।

कात्तिक ८ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्रले श्रीमान् कालो परेपछि एक युवतीले गर्ने विभिन्न खालको क्रियाकलापलाई देखाउन खोजेको छ । सामाजिक कमेडी कथामा यो चलचित्र निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्