यूएईमा एकसाथ ६ नेपाली कृति लोकार्पण


८ असार २०७६, आईतवार
6 kriti UAE

युएई, ८ असार । युएईमा विभिन्न सर्जकद्धारा लिखित ६ वटा कृतिको एकसाथ लोकार्पण तथा चर्चा गरिएको छ ।

शुक्रबार बरदुबईको नशा दोहोरी क्लबमा डिल्लीप्रसाद आचार्यको स्मृति संगालो ‘झझल्काहरु’, १०७ जना गजलकारको संयुक्त गजल संग्रह ‘अक्षरहरुको सगरमाथा’, १७ जना कविको संयुक्त कविता संग्रह ‘अनुहारको भीड’, मीनराज बसन्तको उपन्यास ‘पिपिरी’, एल बी क्षेत्रीको ‘ब्रतभङग’ र जीवन खत्रीको ‘आगोको वर्णमाला’ को लोकार्पण भएको हो ।

बांगलुङमा जन्मिएर पत्रकारिता समेत गरेका आचार्यकोे झझल्काहरुमा नेपालको सभ्यता र नेपाली जिवनलाई चित्रण गरिएको छ । उक्त कृतिका बारेमा साहित्यकार कृष्ण विश्वकर्मा र पत्रकार उमाकान्त पाण्डेले चर्चा गरेका थिए । भने अक्षरहरुको सगरमाथाका विषयमा सर्जक टक गुरुङले समीक्षात्मक टिप्पणी गरे ।

कार्यक्रममा सिर्जना बाचन डबलीका तर्फबाट डा. दिनेश आचार्यलाई मानार्थ संरक्षकका रुपमा सम्मान गरिएको छ । उक्त सम्मान युएईको नेपाली समुदायमा डा. आचार्यको योगदान र सदासयता प्रतिको रहेको डबलीका संयोजक जे सागरले बताए ।

कार्यक्रममा नेपालबाट आएका चर्चित रेडियो कार्यक्रम प्रस्तोता अच्युत घिमिरे ‘बुलबुलले’ प्रवासी साहित्यकारहरुले नेपाली साहित्यलाई अझै उचाइमा पुर्याएको चर्चा गरे । युएईमा रहेर कलम चलाउनेहरुलाई साहित्य बाहेक आफ्ना अनुभव र यहाँको विकासका बारेमा समेत लेख्न आग्रह गरे । त्यस्ता विषयलाई बुलबुल पब्लिकेसनले आफ्नै खर्चमा युएई संस्करणका रुपमा प्रकाशन गर्ने उनले जनाए ।

कार्यक्रममा युएईमा रहेका विभिन्न समाज र राजनीतिक दलका प्रतिनिधि तथा नेपाली भाषी भुटानी नागरिकको समेत सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७