६१ बर्षीया आमाले जन्माइन् आफ्नै छोराको सन्तान


८ असार २०७६, आईतवार
Baby 3

काठमाडौं, ८ असार । संसार सोंचे भन्दा विचित्रको छ । बेलाबेला आउने यस्ता विचित्रका खबरले चकित बनाउँछ । ६१ बर्षीया आमाले आफ्नै कोखमा आफ्नै छोराको बच्चा जन्माएकी छिन् ।

यति पाको उमेरमा यो चुनौतीको सामना गर्नुपर्ने कारण थियो । आफ्नो छोराको समलैंगिक विवाह सफल बनाउँनु । समलैंगिक विवाहमा बाँधिएको छोराको खुशीको लागि उनले यति सम्म गरेकी छिन् । यो चुनौतीबाट उनले सफल हुँदै स्वस्थ नातिनी जन्माई दिएकी छन् ।

Baby 1

चार बर्ष अघि समलैगिक विवाह गरेको आफ्नो ३२ बर्षीय छोरा म्याथ्यू र उनका समलैंगिक श्रीमान् २९ बर्षीय इलियट डोगर्थीका लागि ६१ बर्षीय आमा सिसिल इलिइडिज सरोगेट मदर बनेकी हुन् । उनले गत २५ मार्चका दिन अमेरिकाको ओमाहामा रहेको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टर ५ पाउण्ड १३ औँन्स तौलको शिशुको जन्म दिएकी हुन् ।

यसअघि सिसिल सरोगेट मदर बन्न तयार भएपछि चिकित्सकहरुले उनकै छोरा म्याथ्यूको शुक्रकिट र म्याथ्यूका श्रीमान् डोगर्थीका २६ बर्षीया बहिनी लि यिरवीको डिम्ब मिलाएर भ्रुण तयार पारेका थिए । जव उनीहरुले सिसिलको पाठेघरमा भ्रुण राखे त्यसले हुर्कँदै गएको आकार दिन थाल्यो । चिकित्सकहरु भन्छन्, ‘आइभिएफ प्रविधिबाट गरिएको पहिलो प्रयासमै गर्भाधान सफल भयो ।’

त्यसो त सिसिलले पछिल्लो सन्तान जन्माएको तीन दशक भैसकेको थियो । महिनावारी रोकिएको पनि १० बर्ष नाघिसकेको थियो । यस्तो अवस्थामा सरोगेसीबाट सन्तान जन्माउने निर्णय लिन सिसिल मात्रै होइन चिकित्सकका लागि समेत चुनौति थियो ।

तर सिसिलले आफ्नो छोरा र उनको श्रीमानको सुखद भविष्यका लागि आफू खुशीसाथ गर्भधारण गर्न तयार रहेको बताइन । उनी मानसिक रुपमा तयार भएपछि शुरु भयो उनको स्वास्थ्य परीक्षण । चिकित्सकले सिसिलको स्वास्थ्य अवस्था सोचे भन्दा राम्रो पाए । रगत, मुटु र प्रसूति सम्वन्धी जाँच भएको थियो ।

यस्तै पाप स्मेयर, कोलेस्ट्रोल, म्यामोग्राम तथा अल्ट्रासाउन्ड जस्ता जाँच गरिएको थियो । डाक्टरहरुले सबै जाँच पछि सरोेगेट मदर बन्न योग्य भएको निष्कर्ष निकालेका थिए । यसको कारण सिसिलले आफ्नो नियमित एक्सरसाइज भएको बताइकी थिइन् ।

आमाले आफ्ना लागि सन्तान जन्माइदिएपछि छोरा र उनका श्रीमान् सिसिलका फेमिलि चिकित्सक डा मउद डोथेर्तीले भने, आवश्यक सबै जाँच गर्दा स्वास्थ्य राम्रो देखेपछि विशेषज्ञ डाक्टरहरुले सरोगेट मदर बन्न बाटो खुल्ला गरेका हुन् । विशेषज्ञ डाक्टरहरुको कुरा उल्लेख गर्दै उनले भने, सिसिलको शरीरिक अवस्था त ६१ होइन ४० बर्षको महिलाको जस्तो रहेछ ।

सिसिल सुत्केरी हुँदा शल्यक्रिया गर्नु समेत परेन । १८ घण्टाको सुत्केरी व्यथा पछि उनले नातिनी जन्माएकी हुन् । नवजात शिशुलाई लेवर रुममा रहेकी नर्सले सिसिलकै काखमा राखिदिएकी थिइन । उनको चाहना अनुसार त्यसो गरिएको नर्सले बताइन । आमाले आफ्ना लागि सन्तान जन्माइदिएपछि म्याथ्यूले निकै खुशी भएको बताए । उनले आमाको महानता भन्दै मुक्तकण्ठले प्रसंशा गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७