वेष्ट खेलाडी विराट कोहलीको वेष्ट टिमलाई हराउने मौका गुमाएँ : अफगान कप्तान


८ असार २०७६, आईतवार
Gulbadin Naib

काठमाडौं, ८ असार । अफगानिस्तानका कप्तान गुल्बादिन नाइबले आफ्नो मन पर्ने टिमलाई हराउने अवसर गुमाएको बताएका छन् । शनिबार राति भारतसँग ११ रनको झिनो अन्तरले पराजित भएपछि अफगानिस्तानका कप्तान गुल्बादिन नाइबले आफ्नो वेष्ट खेलाडीको वेष्ट टिमलाई हराउने मौका गुमाएको प्रतिक्रिया दिएका हुन् ।

पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै अफगानिस्तानका कप्तान नाइबले भने, ‘भारत मेरो सधैभरि वेष्ट टिम हो र म सपोर्ट गर्छु पनि । मेरो वेष्ट खेलाडी भनेकै विराट कोहली हो । उनकै टिमलाई हराउने मौका गुमाएँ ।’ उनले अगाडि भने, ‘एक समयमा हामी सजिलै जित्छौं भन्ने स्थितिमा थियौं तर त्यसो हुन सकेन । हामीले विश्वकपमा ठूला टिमलाई हराउने अवसर गुमाएका छौं ।’

‘राशिद र मुजिबले उत्कृष्ट बलिङ गरे । महेन्द्रसिंह धोनी उत्कृष्ट र अनुभवी खेलाडी हुन् । धोनी र केदार जाधवले राम्रो पानरसिप गर्दै भारतलाई मध्यम स्कोरसम्म लग्यो । हामीले उनीहरुको विकेट छिटै लिन सकेनौं । हाम्रो तर्फबाट मोहम्मद नाबीले उत्कृष्ट खेले तर त्यो पर्याप्त भएन ।’ उनले भने ।

शनिबार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले हराएको थियो । भारतसँग पराजित भएसँगै अफगानिस्तान लगातार छैटौ खेलसम्म पराजित भएको हो । तालिकाको अन्तिम स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस्
कमजोर मानिएको अफगानिस्तानसँग भारतको संघर्षपूर्ण जीत

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७