‘दोस्ताना–२’ मा जान्वी र राजकुमार फाइनल


८ असार २०७६, आईतवार
Janhvi Kapoor

काठमाडौं, ८ असार । निर्माता करण जोहर आफ्नो हिट चलचित्र ‘दोस्ताना’ को दोश्रो सिरिज बनाउँदै छन् । यो चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने र यो बर्षको अन्त्यमा छायांकन गर्ने उनको तयारी छ ।

यसपटक ‘दोस्ताना २’ मा कलाकार हेरफेर भएका छन् । भारतीय मिडियाका अनुसार चलचित्रका लागि नायिका जान्वी कपुर र नायक राजकुमार रावलाई फाइनल गरिएको छ । जान्वी अहिले धर्मा प्रोडक्सनको सबैभन्दा मनपर्ने नायिका बनेकी छिन् ।

चलचित्रमा ‘दोस्ताना’ का मुख्य नायक जोन अब्राहम पनि जोडिएको खबर छ । जोन, जान्वी र राजकुमार अहिले नयाँ प्रोजेक्टमा व्यस्त छन् । उनीहरुले हाल काम गरिरहेको प्रोजेक्ट सकेपछि यो हिट चलचित्रको सिरिजमा काम गर्नेछन् ।

‘दोस्ताना’ ले दुई केटा साथीको सम्बन्ध र त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको थियो । ‘दोस्ताना २’ को कथा बारेमा केही पनि बताइएको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७