अनुराग कश्यपको ट्वीट, ‘सात वर्ष पहिले मेरो जीवन बर्बाद भएको थियो’


८ असार २०७६, आईतवार
anurag kashyap 002

काठमाडौं, ८ असार । अनुराग कश्यपको फिल्म ग्यांग्स अफ वासेपुर रिलिज भएको सात वर्ष पूरा भएको छ । उनले यो मौकामा एक विशेष ट्वीट पनि गरेका छन् ।

ग्यांग्स अफ वासेपुर रिलिज भएको सात वर्षपछि अनुराग कश्यपले सोसल मिडियामा लेखे, ‘आजकै दिन सात वर्ष पहिले मेरो जीवन बर्बाद भएको थियो । अब मानिसहरु मलाई एकै प्रकारको काम र एकै खालका फिल्म बनाउनका लागि भनिरहेका छन् ।’

आफ्नो ट्वीटरमा अनुराग कश्यप लेख्छन् ‘म आशा गर्छु कि सन् २०१९ मा मेरो साढे सात समाप्त होस् । म पछिल्ला थुप्रै वर्षदेखि यी अपेक्षासँग लड्नका लागि विफल प्रयास गरिरहेको छु ।’ वास्तविक जीवनको कहानीमा आधारित ग्यांग्स अफ वासेपुर दर्शकलाई निकै मनपरेको थियो र ओपनिंग विकेन्डमा नै फिल्मले १० करोड बढीको कारोबारको ब्यापार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७