१ लाख ५० हजार घुस लिंदा दुई कर्मचारीको जागिर नै धरापमा


८ असार २०७६, आईतवार
ciaa

काठमाडौं, ८ असार । नापी कार्यालय साँखु सर्वेक्षक श्यामकृष्ण न्यौपाने र मालपोत कार्यालयका नासु महेश काफ्लेसहित ३ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नापी कार्यालय साँखुका सर्वेक्षक न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिंदालिदै पक्राउ परेका थिए ।

सर्वेक्षक न्यौपाने र मालपोत कार्यालय साँखुका नायव सुब्बा काफ्लेले घुस माग गरेको र मध्यस्थकर्ता बिष्णुकुमार केसीले गरेका थिए । तीनैजनाबिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १ लाख ५० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७