विश्वकप क्रिकेट : पाकिस्तानको दोस्रो जीत, दक्षिण अफ्रिका बाहिरियो


९ असार २०७६, सोमबार
pakistan 1

काठमाडौं, ९ असार । आइसीसी एक दिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जीत निकालेको छ ।
आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हरायो । लर्डसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै ३ सय ८ रन बनायो ।

बलियो शुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । उसका ओपनर फकर जमान ४४ रनमा आउट भए । त्यसपछि इमाम उल हम पनि ४४ रनमा आउट भएपछि पाकिस्तानले ९८ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका मोहम्मद हफिजमात्र २० रनमा आउट भए ।

चौथो विकेटका लागि बाबर अजाम र ह्यारिस सोहेलबीच ८१ रनको साझेदारी हुँदा पाकिस्तान बलियो स्थितिमा पुगेको थियो । बाबर ६९ रनमा आउट हुन पुगे । त्यसपछि इमाद वासिमले २३ रन बनाए भने हारिस सोहेलले अविजीत ८९ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए । जवाफमा दक्षिण अफ्रिका ५० ओभरमा ९ विकेट गुमाउँदा २ सय ५९ रनमा रोकियो । राम्रो शुरुवात गर्न नसकेको दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लिसिसले ६३ रन बनाए भने क्विन डी ककले ४७ रनको योगदान गरे ।

यस्तै ही भान डेर डुसेनले ३६ र डेविड मिलरले ३१ रन बनाए । यसका साथै उसका लागि फेलुक्वाले अविजीत ४६ रन बनाए भने क्रिस मोरीसले १६ रन बनाए । बलिङमा पाकिस्तानका वाहेब रियाज र सहदाव खानले तीन तीन विकेट लिए ।

नतिजापछि दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । विश्वकप क्रिकेटमा सोमबार बंगलादेश र अफगानस्तान खेल्ने छन् । खेल दिउँसो सवा ३ बजेपछि शुरु हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७