गगनलाई बाबुरामको झटारो : मेरो क्षमापूजा होइन, पहिला अपहरित बिपीको रक्षा त गर्नुस्


९ असार २०७६, सोमबार
gagan and baburam

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले बाबुरामलाई चुनावमा सहयोग गर्नु भुल भएको र यसका लागि पार्टीले बाबुराम भट्टराईका लागि ‘क्षमापूजा’ गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चोटिलो प्रतिउत्तर फर्काएका छन् ।

 

babu

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नेपाली कांग्रेसलाई सुझाव दिंदै बाबुराम भट्टराईको क्षमापूजा पहिला बिपीका बारेमा सोच्न सुझाव दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि डा. भट्टराईले गए राति ट्वीट गर्दै कांग्रेसलाई सुझाव दिएका छन्, ‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ ।

बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं ।’
केही दिनअघि कांग्रेस युवा नेता गगन थापाले डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा संसदीय निर्वाचनमा कांग्रेसले तालमेल गरेर डा. भट्टराईलाई जिताएकोमा क्षमापूजा गर्ने अभिव्यक्ति दिएका थिए ।

लगत्तै बाबुरामले ट्वीटमार्फत नै प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘कांग्रेसका साथीहरुले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला, गोरखा र रसुवामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच तालमेल भएको हो ।

गोरखा–२ मा नयाँ शक्ति र रसुवामा नेपाली कांग्रेसले जितेको हो । नयाँ शक्तिको समर्थन विना नेपाली कांग्रेसले रसुवामा जित्ने थिएन भन्ने चाँही किन बिर्सेको ? एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७