दसैँमा बिष्णुमायालाई नयाँ घर उपहार


१२ आश्विन २०७४, बिहीबार
belbari home

बेलबारी : मोरङको बेलबारी १ नक्सालबारीकी एकल तथा असहाय महिला बिष्णुमाया खड्काले दसैँमा नयाँ घर उपहार पाएकी छिन् । गत साउन २५ गते आएको अविरल वर्षाले घरका नाम भएको छाप्रो पनि बगाएपछि घर बिहिन बनेकी उनलाई बेलबारी जेसिज र स्थानीय नक्सालबारी युवा समूहले घर बनाइ दिएको हो ।

belbari home
नवनिर्मित घर अगाडि बिष्णुमाया खड्का र उनका छाेरा ।

उनको जीवनमा हराएको खुसी दशैको फुलपाती दिन फर्किए । जेसिजका केन्द्रीय अध्यक्ष प्रकाश अधिकारीले चिटिक्क परेको घरको साँचो उनलाई बुधवार हस्तान्तरण गरे । घरै सँगै उनका १० वर्षीय छोरा शिव खडकाले कक्षा १० सम्म निःशुल्क अध्यायन गर्न पाउने भएका छन् । जसका लागी बेलबारी १ मा रहेको माईलस्टोन इङिलस स्कुलमा सो विद्यालयका प्रिन्सिपल जेसी दिपेन्द्र खुलालले निःशुल्क अध्यापन गराईदिने भएका छन् ।
बेतना पुस्तक पसलका सञ्चालक जेसी बाबुराम चौधरीले निःशुल्क कापी,कलप र शैक्षिक सामाग्री,जेसी अच्युत पौडेलले स्कुलको ड्रेस,जेसि मित्र ढकालले विद्यालय पोशाक,जेसि खगेन्द्र खनालले विद्यालयको ब्याग,बेलबारी जेसिजका अध्यक्ष माधवराज थापाले घरायसी ड्रेस उपलब्ध गराएका छन् ।
कार्यक्रमकै अवसरमा केन्द्रीय अध्यक्ष अधिकारीले पीडित खडकालाई नगद १० हजार प्रदान गर्ने घोषणा गरेका छन् । उनको घर निर्माणका लागी हाल कुवेतमा रहेका बेलबारी १ का अमृत गुरुङले २० हजार,हाल इजरायलमा रहेकी बेलबारी ३ की गीता सुवेदीले १५ हजार ५ सय,बेलबारी नगरपालिका वडा नम्बर १ वाट १५ हजार,नक्साल सामुदायिक बन उपभोत्ता समूहबाट काठ सहयोग,अमना सिसौली सामुदायिक वनबाट बाँस सहयोग लिएका थिए ।
जेसिज सप्ताहको अवसरमा पीडित बृद्धाको घर निर्माण थालेको र सो काम पुरा गरी घर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बेलबारी जेसिजका अध्यक्ष माधवराज थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७